About Us

परिचय

सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस सर्वोत्तम बचत तथा ऋण सहकारी संस्था लि. नेपाल सरकारको सहकारी ऐन बमोजिम वित्तिय कारोबार गर्न ईजाजत प्राप्त संस्था हो । यसको प्रधान कार्यालय का.म.न.पा.–३१, बागबजार, महेन्द्र पुलिस क्लवको पछाडी रहेको छ ।
यहाँ बाट आधुनिक तथा प्रभावकरी वित्तिय सेवा प्रदान गर्ने व्यवस्था मिलाएको छ । यस संस्थाको उच्च व्यवस्थापन तहमा वित्तिय सेवामा लामो अनुभव हासिल गरिरहेका व्यक्तित्व हुनुहुन्छ । जनसमुदाय माझ रहेको निष्कृय पूँजीलाई बर्तमान प्रतिष्पर्धात्मक वित्तिय बजारमा स्वस्थ प्रतिष्पर्धाबाट आकर्षण व्याज प्रदान गरि संकलन गरिएको निक्षेप रकमलाई सदस्य, व्यवसायी, उद्यमीहरुको व्यवसाय प्रवर्धनको लागि सुलभ व्याजदर तथा छिटो छरितो सेवा सुविधाको माध्यमबाट कर्जा प्रवाह गरी सबल तथा सक्षम व्यवसायी बनाउने र राष्ट्र निर्माणमा सहयोग पु¥याउने यस संस्थाको उद्देश्य रहेको छ ।

शेयर पूँजी

यस संस्थाको शेयर पूँजी रु ५,००,००,०००।– (पाँच करोड) कायम गरिएको छ । उक्त रकमलाई क्रमिक रुपमा चुक्त पूँजीमा परिणत गर्दै लगिने छ ।

व्यवस्थापन

यस संस्थाको सम्पूर्ण कामको रेखदेख संचालक समितिको कार्यकारी पदाधिकारीबाट हुने व्यवस्था गरिएको छ । सञ्चालक समितिबाट तय गरिएको नीति कार्यक्रमहरु प्रभावकारीताका साथ कार्यान्वयन गर्न दक्ष एवं अनुभवी कर्मचारीहरुको व्यवस्था गरिएको छ । संस्थाको सदस्यहरुलाई छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्न तथा दैनिक कारोबार व्यवस्थीत गर्ने उद्देश्यले पूर्ण कम्प्यूटराइज बैकिङ्ग सफ्टवोयर जडान गरिएको छ ।

उद्देश्य

यस संस्थामा संलग्न सदस्यहरुलाई अरुको मुख ताक्ने प्रवृत्तिको अन्त्य गरी आफुमा भएको श्रम, सीप तथा निष्कृय पूँजीलाई सदुपयोग गर्नको लागि बचत गर्न अभिप्ररित गर्ने ।

– वर्तमान प्रतिष्पर्धात्मक वातावरणमा सदस्यहरुको हितलाई मध्यनजर गरी सहकारीको माध्यमद्वारा छिटो, छरितो, गुणस्तरीय तथा भरपर्दो वित्तिय सेवा प्रदान गर्ने ।

– बचत कर्ताहरुलाई सरल र सहज रुपमा कर्जा उपलब्ध गराई रोजगारीमूलक व्यवसाय सञ्चालन गर्न अभिप्ररित गर्ने ।

– सुन्दर भभिष्यको परिकल्पना संगै विभिन्न वर्गलाई बचत गर्न प्रेरित गरी आकर्षक व्याजदरमा बाल, लखपति, ३६५ दिन जस्ता बचत योजनाहरु उपलब्ध गराउने ।